Logo
६ जेष्ठ २०८१, आईतबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसिसीबारे प्रचण्ड र माधव नेपालले भ्रम छरेको रामचन्द्रको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड र माधव नेपालले एमसिसीबारे जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीबारे जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।

नेता पौडेलले प्रचण्ड र नेपालका कारण एमसिसी गिजोलिएको बताए । ‘मैले गठबन्धनमै प्रचण्ड र माधवजीलाई भनेको छु । यो एमसिसी किन गिजोल्नुभयो ? जनतालाई गलत सूचना दिएर एमसिसीबारे भ्रमित पार्ने काम उहाँहरुबाटै भएको छ’, पौडेलले भने ।

उनले एमसिसीबारे जनतालाई कन्भिन्स गराउनुपर्ने बताए । ‘मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । सधैँ विदेशीको ऋण लिएर हुँदैन । ऋण तिर्न नसक्दा श्रीलङ्काको हालत के भएको छ ? त्यसैले एमसिसी अनुदान लिनुपर्छ’, पौडेलले भने ।

उनले एमसिसीबारे अलमल चिरेर गठबन्धन जोगाउनुपर्ने बताए । भविष्यमा सरकार बनाउनका लागि पनि चुनावमा गठबन्धन गर्नपर्छ । चुनावमा गठबन्धन नगर्ने हो भने कांग्रेसलाई पनि सजिलो छैन’, पौडेलले भने ।

उनले आफू पार्टीभित्र निर्णायक र उत्तर दिने भूमिकामा नरहेको भन्दै चुनावमा पार्टीलाई जिताउने उपाय पदाधिकारीहरुले प्रस्ताव गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्