Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज काठमाडौं उपत्यकाका तीन सिडिओहरूको बैठक

काठमाडौं उपत्यकाका तीन सिडिओहरु छलफलका लागि आज बैठक बस्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आइतबार ५ बजे बैठक बस्न लागेको जानकारी दिएका छन् ।

बैठकमा काठमाडौंमा ललितपुर र भक्तपुर तीन वटै जिल्लाका सिडिओहरू सहभागी भई आदेश जारी गर्ने उनले बताए ।उपत्यकामा निजी सवारीसाधनमा लागु जोरबिजोर प्रणाली, शैक्षिक संस्थाहरू लगायतका विषयमा छलफल हुने रिजालले बताए।

सिसिएमसीले निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।यस्तै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिन पनि सिफारिस गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढेपछि माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्