Logo
६ जेष्ठ २०८१, आईतबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदीप ज्ञवालीले भने : ‘हामी चुनावबाट सबै कुरा हिसाबकिताब गर्न चाहन्छौँ’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिपक्षले छिटो चुनाव गर भनिरहँदा सरकारमा भएका दल चुनावबाट भागेको आरोप लगाएका छन् ।

रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले सो आरोप लगाएका हुन् ।साथै उनले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताएका छन्।

ज्ञवालीले भने, ‘आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घोषणा नहुन्जेल पत्याउने अवस्था छैन ।’

चुनाव कम्युनिस्टका लागि अन्तिम लक्ष्य नभई त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण हुनसक्ने उल्लेख गरे । उनले भने, ‘हामी चुनावबाट सबै कुरा हिसाबकिताब गर्न चाहन्छौँ ।’ नेता ज्ञवालीले एमसिसी देशको दुई पक्षीय हितमा हुनुपर्नेमा जोड दिँदै त्यसलाई माओवादीले गिजोल्ने काम गरेको आरोप लगाए ।

एमाले गुल्मीका इन्चार्ज दिनेश पन्थी र रुपन्देहीका इन्चार्ज भूमिश्वर ढकाल लगायतले एमाले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको बताए । विप्लव नेतृत्वको नेकपा गुल्मीका सेक्रेटरी खिम खड्का, नारायण पौडेललगायत व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्