Logo
६ जेष्ठ २०८१, आईतबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमालियामा विद्युतीय धरापमा पारेर १० जनाको हत्या

सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार यहाँ एक सवारी साधनलाई गुडिरहेका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो ।

यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन् ।

उनले यसरी मृत्यु हुनेमा चार जना महिला र एक बालक पनि परेका छन् । एक भ्यानमा रहेका उनीहरुको सडकमा लुकाएर राखिएको विद्युतीय धरापमा परी विस्फोट हुँदा ज्यान गएको हो ।

ती सैनिक जर्नेलले अल सेबाब मिलिसिया समूहका सदस्यले सो हत्या गरेको अनुमान गरिएको छ । तर उनीहरुले भने यसको जिम्मेवारी लिएका छैनन् ।

सोमालियमा पछिल्ला केही वर्षयता देखि अल सेबाब नामको आतङ्ककारी समूहले यस्तो हिंसात्मक घटनाहरु गराएकाले यसमा पनि उनीहरुकै हात रहेको अनुमान गरिएको ती सैनिक जर्नेलले जनाएका छन् ।रासस

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्