Logo
१७ बैशाख २०८१, सोमबार
(February 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन कोरोनाबाट १६ जनाको मृत्यु, २५ सय सङ्क्रमित थपिए

कोरोना भाइरसको संक्रमणबाट नेपालमा २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार आज १६ जनासहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार सात सय ९४ पुगेको जनाएको छ ।

यस्तै २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।यस्तै थप आठ हजार चार सय २५ जना कोराना संक्रमणबाट मुक्त भएका छन् ।

यो सङ्ख्यासहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख ९५ हजार आठ सय ८६ पुगेको छ ।अहिले नेपालमा ५६ हजार ४ सय ५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 4, 2022

प्रतिक्रिया दिनुहोस्