Logo
६ जेष्ठ २०८१, आईतबार
(February 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले स्थानीय चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग जुट्यो तयारीमा

निर्वाचन आयोग स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि चुनावको तयारीमा जुटेको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि आयोग भने चुनावको तयारीमा जुटेको हो ।

गएको मगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ५ गते सम्म स्थानीय चुनाव सम्पन्न गर्ने समझदारी भएको थियो ।तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन ।

केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिए । तर, कतिपय काम मिति घोषणा भएपछि सुरु हुने उनले बताए ।

स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले मतदाता सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका कामहरु निरन्तर गरिरहेको प्रवक्ता पौडलले जानकारी दिए ।

चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली सङ्कलनको काम भइरहने पनि उनले बताए । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।

प्रकाशित मिति: Feb 4, 2022

प्रतिक्रिया दिनुहोस्