Logo
६ जेष्ठ २०८१, आईतबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनमतका महोत्तरी जिल्ला उपाध्यक्षसहित ६ जना पक्राउ

मधेश प्रदेश स्थित राजमार्ग बन्द गराउने जनमत पार्टीका महोत्तरीका उपाध्यक्षसहित ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहितका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।

किसान आन्दोलन अन्तर्गत पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरिएको हो ।

त्यस्तै पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास-६ का विनोदकुमार महतो, बलवा नगरपालिका-६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका-२ का वडाध्यक्ष वीरेन्द्र महतो रहेका छन् ।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्