Logo
६ जेष्ठ २०८१, आईतबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनमतका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, १३ जना पक्राउ

लोकर्माग बन्द गरी किसान आन्दोलन गरिरहेका सीके राउतको नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् ।

बिहीबार सिरहाको पूर्व-पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहे कार्यकताले नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।

जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन् ।

ढुंगामुढा गर्ने १३ जना कार्यकर्तालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाले जानकारी दिए । किसान आन्दोलनको नाममा गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दुरीको यातायात ठप्प छ ।

प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधन सहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।

 

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्