Logo
६ जेष्ठ २०८१, आईतबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनेरास्ववियुले गरायो स्थानीय तहको निर्वाचन मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण

स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न अनेरास्ववियुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनिता बराल नेतृत्वको टोली मार्च पाससहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका अनेरास्ववियुको टोली प्रधानमन्त्री कार्यलय पुगेका थिए ।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्