Logo
६ जेष्ठ २०८१, आईतबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउत नेतृत्वको किसान आन्दोलन : मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग विहानैदेखि अवरुद्ध

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग अवरुद्ध गरेका छन् ।जनमत पार्टीको अगुवाईमा किसान आन्दोलन अन्तर्गत मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग बन्द गरी प्रदर्शन गरीरहेका छन् ।

जनमतका कार्यकर्ताहरुले विहानैदेखि लोकमार्गमा टेन्ट लगाएर बसेका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।किसान आन्दोलन झण्डै डेढ महिनादेखि भइरहँदा पनि सरकारले आफूहरुको माग नसुनेको भन्दै किसानहरु लोकमार्ग बन्द गरी प्रदर्शनमा उत्रेका हुन्।

जनमत पार्टीले किसानलाई समयमा मलखाद उपलब्ध गराउन, उखु किसानको भुक्तानी गराउन, किसान कार्डको व्यवस्था गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषिकलाई निःशुल्क विजुली दिनलगायतको माग राख्दै किसान आन्दोलन गर्दै आएका छन् ।

पुस ९ गतेदेखि किसानहरुले विभिन्न चरणको विरोधका कार्यक्रमहरु गरिसकेको जनमत पार्टीका नेता बीपी साहले बताए । तर, हालसम्म सरकारले सुनवाई नगरेकोपछि विहीबारबाट सडकमै बस्ने खाने गरी लोकमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो।

नेता साहका अनुसार लोकमार्गमा स्कुल, फलफुलसहित अतिआवश्यक सवारीसाधन बाहेकका सवारीहरु दिउँसोका लागि बन्द गरिएको छ। सरकारले किसानहरुको माग सम्बोधन नगरे आन्दोलन थप शसक्त हुँदै जाने साहले चेतावनी दिए।

किसान आन्दोलनमा विभिन्न पार्टीको समर्थन रहेको र विभिन्न किसान संगठनहरुको सहभागिता रहेको साहले बताए । सरकारले माग पुरा नगरेसम्म किसान आन्दोलन जारी रहने समेत उनले बताए।

 

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्