Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली क्रिकेट टिमकाे फिल्डिङ प्रशिक्षकमा भारतका श्रीनिवास नियुक्त

नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले श्रीनिवास नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेको  जनाएको छ ।

क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् ।

नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक थिए।श्रीनिवास नेपाल आइपुगेकोमा प्रशिक्षक दासानायेकेले खुसि व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘प्रशिक्षक रघुले म अमेरिकामा हुँदा सँगै काम गरेका थिए। उनी निकै उर्जावान फिल्डिङ प्रशिक्षक हुन् । जसले नेपालको केही कमजोर पक्षमा काम गर्नेछन्। छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन आइपुगेकोमा म आभारी छु ।’

नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टी(२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय टी-२० सिरिज खेल्दैछ ।

 

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्