Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि छुटेका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै  छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको थियो ।  सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने छन् । काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ

। त्यसका लागि स्थानीय तहका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।

खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्