Logo
१५ बैशाख २०८१, शनिबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगसँग स्थानीय तहको चुनावबारे छलफल गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरवहादुर देउवाले स्थानीय तहको चुनाव विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग आज छलफल गर्ने भएका छन् ।

निर्वाचन आयोगले तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग प्रधानमन्त्रीले आज दिउँसो छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा छलफल हुने बताइएको छ ।

आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न सरकारले अविलम्ब मिति घोषणा गर्नुपर्ने भनिरहेको छ ।

सत्ता गठबन्धनले भने २०७४ असोज २ गते तेस्रो चरणमा भएका स्थानीय तहको निर्वाचनलाई आधार मानेर ६ महिनासम्म धकेल्न खोजिरहेको छ ।

 

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्