Logo
२२ बैशाख २०८१, शनिबार
(January 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. चालिसे WHO को बिज्ञ सल्लाहकार सदस्यमा नियुक्त

रिर्सचर तथा ज्येष्ठ नागरिकको क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आएका डा. होमनाथ चालिसे संयुक्त राष्ट्र संघको बिज्ञ सल्लाहकार सदस्यमा नियुक्त भएका छन् ।

संयुक्त राष्ट्र संघले स्वास्थ्य वृद्धावस्थाको संयुक्त राष्ट्र दशक कार्यका लागि डा. चालिसेलाई विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन् ।

राष्ट्र संघले स्वास्थ्य वृद्धावस्थासँग सम्बन्धित कार्यक्रमहरूको मापन, अनुगमन र मूल्याङ्कनमा सल्लाह सुझाव प्रदान गर्न प्राविधिक सल्लाहकार समूह स्थापना गरेको हो । यसमा बिभिन्न क्षेत्र विधाका गरि २० जना बिज्ञहरुलाई नियुक्त गरेका छन् ।

संयुक्त राष्ट्र संघले २०२१-२०३० सम्म स्वास्थ्य बुढ्यौली दशकको रुपमा मनाउने कार्यक्रम अघि सारेका छन् । यस बिभिन्न देशहरुले यसबारे चासो राख्दै ज्येष्ठ नगारिकको सुरक्षा तथा संरक्षणका लागि विशेष कार्यक्रम संयुक्त राष्ट्र संघले अघि सार्नुपर्ने माग गर्दै आएका थिए ।

स्वस्थ्य बुढ्यौली दशक कार्य योजनामा ज्येष्ठ नागरिकहरुको शारीरिक क्रियाकलापमा सक्रियता बढाउनु र दिर्घ एबम स्वास्थ्य जीवनको उद्देश्यमा योगदान पुर्याउनु हो।

यो कार्यक्रम मुख्यतः ४ वटा क्षेत्रमा केन्द्रित रहने राष्ट्रसंघको विज्ञप्तीमा भनिएको छ ।

जेष्ट नागरिकप्रतिको मानीव सोच, अनुभूति र ब्यबारमा परिबर्तन लाउने, समुदायले नै ज्येष्ठनागरिकको क्षमताको कदर र बढवा दिन सुनिश्चित गर्ने, ज्येष्ट नागरिक प्रति उत्तरदायी हुँदै व्यक्तिकेन्द्रित एककृत हेरचाह तथा प्राथमिक स्वास्थ्य सेवाहरू प्रदान गर्नु र वृद्ध व्यक्तिहरूलाई दीर्घकालीन हेरचाहमा पहुँच प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

डा. चालिसेले जापानको टोक्यो बिस्वबिध्यालयबाट पिएचडी गरेर नेपालमा लामो समयदेखि ज्येष्ठ नागरिकको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै अन्तराष्ट्रिय जर्नलहरुमा रिसर्च आर्टिकल प्रकाशित गर्दै आएका छन् ।

सिभिल मिडिया एण्ड रिसर्च सेन्टरका पाठ्यक्रम विज्ञ समेत रहेका डा. चालिसे देशको बिभिन्न स्थानीय तहहरुको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन संयोजनमा समेत लामो समयदेखि कृयाशिल रहेका छन् ।

प्रकाशित मिति: Jan 22, 2022

प्रतिक्रिया दिनुहोस्