Logo
७ जेष्ठ २०८१, सोमबार
(January 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरले दियो अटेर गरी खुल्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी

सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ ।

काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय विपरीत महानगरपालिका भित्रको केही विद्यालयहरु खुलिरहेको गुनासो आएको विभाग अधिकृत सुवेदीले बताए । उनले भने, ‘यस्तो महामारीमा सरकारको निर्णय विपरीत केही विद्यालय खुलिरहेको भन्ने गुनासो आएको छ । हामीले तत्काल बन्द गर्न निर्देशन दिएका छौं । यदि बन्द नगरेको पाइए कारबाही गर्नेछौं ।’

महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका गुनासो आएको अधिकृत सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: Jan 21, 2022

प्रतिक्रिया दिनुहोस्