Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

बिहीबार बिहानैदेखि भएको खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । बिहानैदेखि लागेको बाक्लो हुस्सुका तथा हिमपातका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।

त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् ।

यस्तै, लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा भन हिमपातका कारण उडानहरु प्रभावित भएका छन् । यी क्षेत्रहरुको भिजिविलिटी एक हजार मिटर भन्दा कम रहेकाले उडानमा समस्या आएको विमानस्थलको भनाइ छ । उडान सुचारु हुन कम्तिमा पनि १६०० देखि २००० मिटर सम्मको भिजिबिलिटी आवश्यक पर्छ ।

यता सिमरा विमानस्थल भने मौसममा क्रमिक सुधार भएसँगै खुलेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

काठमाडौंको अवस्था ठीक रहेको छ भने जनकपुर, नेपालगञ्ज, चन्द्रपुर, सुर्खेत, पोखरा र तुम्लिनटार विमानस्थलको अवस्था सामान्य रहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

अहिलेसम्म प्रभावित गन्तव्यहरुमा जाने आउने गरी करिब दुई दर्जन उडान प्रभावित भएको हुनसक्ने उनले जानकारी दिए । अन्तर्राष्ट्रिय उडान भने अहिलेसम्म कुनै समस्या नआएको सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति: Jan 20, 2022

प्रतिक्रिया दिनुहोस्