Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले बुधवार मधेस बलिदानी दिवसको अवसर पारेर  बुधबार सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तय भएको खुसीयालीमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधवार पनि सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । २०६३ साल माघ ५ गतेबाट सुरु भएको मधेस आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले बुधवार मधेस बलिदानी दिवसको अवसर पारेर सार्वजनिक बिदा दिँदै आएको छ ।

यस पटक बलिदानी दिवस राजविराजमा मनाउने निर्णय गरेको प्रदेश सरकारले मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले वितरण प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति: Jan 18, 2022

प्रतिक्रिया दिनुहोस्