Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशमा निर्वाचनका लागि गठबन्धनबाट पौडेल र तिमल्सिनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा गठबन्धनबाट पौडेल र तिमल्सिनाको उम्मेदवारी दर्ता गराएका छन् ।

हेटौंडा-५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर मंगलबार गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा(९एकीकृत समाजवादी) की गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ ।

आसन्न फागुनमा बागमतीबाट कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्