Logo
१ जेष्ठ २०८१, मंगलबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई  कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार आफैं ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् ।

अहिले केजरीवाल घरमै आइसोलेसनमा बसेका छन् ।केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ, लक्षणहरू हल्का छन् । मैले अहिले घरमै आइसोलेसन गरेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैले आफूलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गराउनुहोस् ।’

पछिल्लो समयमा भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ४०९९ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ र संक्रमण दर ६.४६ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्