Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहाका एसपी पाण्डेको सरुवा, अर्जुन तिमिल्सिनालाई जिम्मेवारी

प्रदेश नं २ स्थित सिरहा जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सिरहाको प्रहरी प्रमुखको रुपमा रहेका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे ९ महिनामै त्यहाँबाट सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए ।

पाण्डेलाई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए ।

केही दिन अघि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्