Logo
२३ बैशाख २०८१, आईतबार
(December 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीको वयलवास क्षेत्रमा आज पनि निषेधाज्ञा जारी

प्रदेश नं २ स्थित सर्लाहीको बयलवासमा आज पनि निषेधाज्ञा जारी गरिएको छ । प्रदर्शन हुन सक्ने आशंकामा प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको हो ।

सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएपनि जिल्ला प्रसासन कार्यालय सर्लाहीले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो ।

मृतकको शव परिवारले दाहसंस्कार गरेपछि मात्रै निषेधाज्ञा (कर्फ्यू) खोलिने बताइएको छ । हिजो साँझ साढे ७ बजेदेखि लागू गरिएको निषेधाज्ञा आज साँझसम्म जारी गरिएको जिल्ला प्रसासन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: Dec 31, 2021

प्रतिक्रिया दिनुहोस्