Logo
२ जेष्ठ २०८१, बुधबार
(December 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जना मजदुरको मृत्यु

दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको मृत्यु भएको छ ।

सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात् विस्फोट भएको थियो ।

खानीमा अकस्मात् विस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।

प्रकाशित मिति: Dec 29, 2021

प्रतिक्रिया दिनुहोस्