Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईले सपनामा दाँत झरेको देख्दा के हुन्छ ? जान्नुहोस् !

सपना भनेको एक अचेत अवस्थामा देखिने दृष्य हो । प्रायमानिसले सपना देख्ने गर्छौ । विज्ञानले सपनालाइ आफूले गरेको परिकल्पनाको दृष्य भन्ने गर्छ तर धर्मशास्त्रमा सपनाको छुट्टै अर्थ रहेको छ ।

हामीले पनि कपिय सपना आफूलाई थाहानै नभएको र परिकल्पना पनि नगरेको देख्ने गछौं । तर हामीले देख्ने सपनाको केही न कही अर्थ रहेको हुन्छ । पहिलेका पूर्वज ऋषिमुनिहरुले सपनाको माध्यमबाट पछि आउने घटनाको बारेमा जानकारी दिएको हामीले विभिन्न धर्मग्रन्थमा भएको पाइन्छ । हिन्दू, बौद्ध, इसाई, इस्लाम जुन सुकै धर्ममा पनि सपनाको महत्व रहेको छ ।

त्यसैले हाम्रा अग्रजहरुले भन्ने गर्छन् सपनाले भविश्यको संकेत गर्छ ! तर हामीले सपना कस्तो अवस्थामा देखेका छौ त्यही अनुसार सपनाको प्रभाव पर्ने गर्छ ।

सपनाको फल राम्रो नराम्रो दुवै खाले हुन्छ र त्यसको फल सपना देख्ने मानिसको अवस्था र समय अनुसार मिल्ने गर्छ । आज हामी तपाइलाई सपनामा दाँत झर्यो भने के हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौ । सपनामा दाँत भाचिएको या झरेको देख्नु यो खराव सपना मानिन्छ ।

यदी तपाइले दाँत मात्र देख्नु भयो भने त्यति नराम्रो मानिदैँनन । यदि कोही हाँसे तपाईको अगाडी र उसको दाँत र्छलंग देखियो भने यसलाई नराम्रो मानिदैनन तर दाँत भाचिएको देखियो भने तपाइलाई समस्या र विप्पती अवश्यनै आउँछ यसमा कुनै दुविधानै छैन् । यदी तपाइको दात उखाल्दीदै थिए भने तपाई अवश्यनै आर्थीक हानिमा पर्नुहुन्छ ।

तपाईलाई समस्या आउने गर्छ । कसैको तपाइले दाँत उखेल्दिनु भयो भने यो समपनाले दुवै जनालाई समस्या आउने संकेत गर्छ । यदी तपाइले आफ्नो दाँत माथिपट्टीको झरेको देख्नु भयो भने यस सपनाले तपाई भन्दा माथिका कुलका कोही व्यक्तिलाई समस्या, आर्थीक हानी पर्छ भन्ने संकेत गर्छ ।

यदी हामीले बारम्बार माथिपट्टीको सपना झरेको देख्छौं भने यसले आफूभन्दा माथिको मान्छेको मृत्यु पनि हुन्छ र जुठो बारर्नुपर्ने हुन्छ भन्ने संकेत गर्छ ।

यदि कोहीले आफ्नो मुनिपट्टीको दाँत झरेको देख्नु भयो भने यसले मानसिक तनाव आर्थिक हानी जस्ता समस्याको संकेत गर्छ । साथै आफूभन्दा मुनिका मानिसको मृत्यु अथवा मृत्यु तुल्य समस्या आउन सक्ने संकेत गर्छ ।

यदि तपाईले खराव सपना देख्नुभयो भने पूर्व पट्टि र्फकेर खराब आचरण भएको मानिसलाई सुनाउनु भयो भने भनि कही दोष निवारण हुने गर्छ ।

प्रकाशित मिति: Dec 28, 2021

प्रतिक्रिया दिनुहोस्