Logo
१६ बैशाख २०८१, आईतबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ विक्रम संवत् २०८० को राशिफल

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूको लागि यो वर्ष माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । सातौँ बृहस्पति र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । यश, कृति, लाभ, विजय, वाक्सिद्धि र आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र केतुको बृहस्पतिको प्रभावले जातकहरूलाई गरेको कार्यबाट सफलता दिलाउनेछ । शनि र राहुको कारणले भने उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ, तर जन्मकुण्डलीमा शनि राम्रो अवस्था भए शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुनेसक्छ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

२०८० साल तुला राशि भएका व्यक्तिहरूलाई यो वर्ष राम्रो रहनेछ । शुभ र मङ्गल कार्यको योग छ । देवगुरु बृहस्पति र राहुको गोचरले राम्रो फल दिनेछ । आँटेको र ताकेको कार्य पूरा हुन सक्नेछ । नयाँ कार्यको थालनी र जागिर पाइने योग छ, तर केतुको नकारात्मक प्रभावले वादविवाद, डर र चिन्ता बढ्न सक्छ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

२०८० सालमा धनु राशि हुनेहरूका लागि शुभ र सुखदायी रहनेछ । अधुरो कार्यले पूर्णता पाउनेछ । आँटेको र ताकेको काम पूरा हुनसक्नेछ । शनि र बृहस्पतिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । कसै कसैका लागि सन्तान सुख मिल्नेछ । घरमा शुभकार्यको र धार्मिक यात्राको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशिका जातकका लागि समग्रमा २०८० साल शुभ त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन र भाग्यमा वृद्धि हुनेछ ।

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशि भएका व्यक्तिहरू का लागि २०८० साल मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै त्यति राम्रो फल नदेला र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनसक्छ, तर भौतिक सुखमा बढोत्तरी भने हुनेछ । वर्षको उत्तरार्धमा भने बढी राम्रो हुनेछ । बृहस्पति र शनिको ग्रह शान्ति गर्दा भने शुभ फल मिल्नेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । वर्षभरी शनिग्रहको अढ़ैयाले सकारात्मक फल नदेला । बृहस्पति, शनि, राहु र केतुले अशुभ स्थानमा गोचर गर्नाले पनि राम्रो फल नदेला, आर्थिक उतारचढाव गराउने र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढाउन सक्छ । जन्म कुण्डलीमा बृहस्पति र शनि राम्रो अवस्थामा भए शुभ फल दिनेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूका लागि २०८० साल राम्रो रहनेछ । शनिको अवस्था राम्रो भएकाले शुभ फल मिल्ने, पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ, गुरु, राहु र केतुको कारणले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा समेत ह्रास आउनसक्छ, तर राम्रो कर्म गरे अनावश्यक शुभ फल पाइनेछ ।

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिलाई यो वर्ष मिश्रित फल नै मिल्नेछ । केतुको कारणले यश र कृति बढेर जानेछ भने सुख सुविधामा बढोत्तरी हुने योग पनि बनेको छ । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको प्रभावले शुभ फल नमिल्ला । जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुने हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी नै रहनेछ । राहु शुभ रहनाले आरोग्यता मिल्ने र रोकिएको धन हात पर्नेछ, तर कमजोर बृहस्पति र शनिको अन्त्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, धनमालको क्षति हुने, शत्रु बढ्ने र स्वास्थ्यमा समस्याहरू आउन सक्ने देखिन्छ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूका लागि यो वर्ष मध्यम नै रहने देखिन्छ । बृहस्पतिको गोचरले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । वर्षको पूर्वार्धमा राहु, केतु र शनिको कारणले धनहानि हुनसक्छ । शनिको आद्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा हुनेछ ।

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्