Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

खोपका लागि सिरिन्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिन्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताएका हुन् ।

उनले भने, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिन्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।’

प्रमुख दाहालले फाइजर खोपका लागि मात्र सिरिन्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरे । उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ ।

‘खोप, सिरिन्ज, डाइलुएन्ट सबै सँगै दिनुपर्ने हो । डाइलुएन्ट पनि २९ तारिखमा आउँदै छ । अभियानका लागि ६ लाख ६४ हजार फाइजर खोप आइसकेको छ,’ उनले भने ।

सिरिन्ज आउने बित्तिकै खोप अभियान सुरु हुने उनले बताए । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।

प्रकाशित मिति: Dec 27, 2021

प्रतिक्रिया दिनुहोस्