Logo
२३ बैशाख २०८१, आईतबार
(December 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र नै बलियो हुन्छ : राजेन्द्रप्रसाद श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र नै बलियो हुने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र नै बलियो हुँदै जाने बताए ।

उनले भने, ‘एक कुशल एवं दक्ष कर्मचारीले चलाएको कार्यालय निकै पारदर्शी हुनेछ । यसो भएमा शिक्षित तथा जानेका अनि बुझेका व्यक्तिले काम गर्ने अवसर पाउनेछन् ।’

मुख्य सचिव शङ्खरदास बैरागीले सरकार तथा जनता दुवैका लागि सार्वजनिक प्रशासनको महत्त्वपूर्ण भूमिका रहने जानकारी गराउँदै आफ्नो जिम्मेवारी पूर्णरुपमा अघि बढाउन आग्रह गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आफूहरुले कर्मचारी प्रतिस्पर्धालाई बलियो बनाउने योजनाबमोजिम कम गरिरहेको भनाइ राखे ।

सो अवसरमा सार्वजनिक खरिद नियमावली संशोधन तथा व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा देखिएका चुनौतीबारे छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति: Dec 24, 2021

प्रतिक्रिया दिनुहोस्