Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माया थियो या अर्कषण !

दीपा रेग्मी

आजको मेरो दिन सार्थक रह्यो
आज मेरो आफ्नो मान्छे सँग भेट भयो ।
भेट भने , हाम्रो नितान्त पहिलो थियो
तर पनि हामी एक अर्काको नजिक थियौ ।
थाहा छैन् यो माया थियो या अर्कषण ,
तर पनि एक अर्काको निकै नै नजिक थियौ ।
भेट भने हाम्रो पहिलो थियो ।
एक तमासले उसले मलाइ हेरिरह्यो र मैले उसलाई ,
आँखा आँखा जुधे हाम्रो
खै कस्तो अच्चमको भेट थियो हाम्रो ।
तन देखि मन सबै एक अर्काको भयौं
तर पनि हाम्रो भेट नितान्त पहिलो थियो ।
थाहा र्छैन् कस्तो अच्चमको भेट थियो हाम्रो ,
त्यो मायाको उसर्लाइ पनि खाँचो थियो र मलाइ पनि ।
त्यसैले त भन्ने गरिएको होला मायामा सव थोक जायज छ ।।
तर पनि हाम्रो भेट भने नितान्त पहिलो थियो ।।

 

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्