Logo
२२ बैशाख २०८१, शनिबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस

नेपाल सरकारले २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्राङ्कित द्धितिय श्रेणी अर्थात् उपसचिवबाट २६ जना राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवमा बढुवाका सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिको एक बैठकले नेपाल प्रशासन सेवातर्फ ९० जना उम्मेदवारबाट ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै समितिले प्राविधिकतर्फ कार्यक्षमता तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल कृषि सेवाका ३३ जना सम्भावित उम्मेदवार ८ जनालाई उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको जनाएको छ ।

यस्तै समितिले प्राविधिक सेवातर्फ ११ जना सम्भावित उम्मेदवारबाट द नेपाल इन्जिनियरिङ सेवामा एक जनालाई राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतबाट राजपत्राङ्कित द्धितिय श्रेणी अर्थात् उपसचिवबाट बढुवा गर्ने निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्