Logo
१९ बैशाख २०८१, बुधबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपा सांसदले मागे प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा

लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले प्रदेश २ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

लोसपाका सांसद जितेन्द्र सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरेका हुन् ।

‘अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीजीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो । अख्तियार प्रमुखले त साइकल खरीदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ । यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ? ’

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्