Logo
२० बैशाख २०८१, बिहीबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समावेशी संसदीय प्रणालीनै सिध्याउने षड्यन्त्र एमालेबाट भइरहेको छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेबाट समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेता पौडेलले आज बिहान समाजिक सञ्जारलमा एक विज्ञप्ति जारी गर्दै देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भइरहेको बताउँदै यसबाट समावेशी संसदीय प्रणालीनै सिध्याउन खोजिएको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आएको सन्दर्भमा कांग्रेस नेता पौडेलले लेखेका छन्‚ ‘६ महिनाको समयमा दुईरदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’

पौडेलले लेखेका छन्, ‘राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।’

पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाटै सबै समस्याको निकास खोज्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतिसामू समर्पण गरेको ठहर्नेछ ।’

उनले सरकारले पनि देशलाई लोकतान्त्रिक गति दिन नसकेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्