Logo
२० बैशाख २०८१, बिहीबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको अर्को बैठक पुष ६ गते बस्ने, एमालेको अवरोधकाबीच ६ अध्यादेश पेस

प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी सकिएको छ ।बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले अवरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम राखे ।नेकपा एमाले अवरोधबाट पछि नहटेपछि अवरोधका बीच सभामुखले बैठकलाई अघि बढाए ।

एमाले विरोधबिच पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन् ।संसदमा पेस भएका अध्यादेशहरुमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस भए ।

त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए ।

प्रतिनिधिसभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्बन्धी प्रस्तावलाई पनि सभामुखले अघि बढाए।विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

 

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्