Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउँछ : उपेन्द्र यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले जनतामा व्याप्त असमानता, बेरोजगारी, अशिक्षालाई समाप्त गर्दै सबै खाले शोषण, उत्पीडन अन्त्य गर्नुपर्ने खाँचो औँल्याए ।

उनले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने पनि प्रस्ट पारे । विगतका कमी कमजोरी हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योलयतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: Dec 10, 2021

प्रतिक्रिया दिनुहोस्