Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान ३१ जनवरीसम्म स्थगित

कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण थप फैलिन नदिने उद्देश्यले भारत सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई ३१ जनवरीसम्म स्थगित गर्ने निर्णय गरेको छ ।

यसअघि भारत सरकार १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा थियो । भारतको नागरिक उड्डयन महानिर्देशनालयले सूचना जारी गर्दै अब यी उडानहरु ३१ जनवरीसम्म स्थगित भएको जानकारी दिएको हो ।

यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो उडानमा भने लागू हुने छैन । भारतको नागरिक उड्डयन महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई विशेष परिस्थितिमा मन्जुरी दिन सकिने जनाएको छ ।

भारतले ३० भन्दा धेरै देशहरुसँग एयर बबल सम्झौता गरेको छ, सो सम्झौता अनुसारका उडान पनि जारी रहने महानिर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: Dec 10, 2021

प्रतिक्रिया दिनुहोस्