Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको दिल्लीमा घर र भवनभित्र पनि अत्याधिक वायु प्रदूषण

छिमेकी मुलुक भारतको राजधानी दिल्लीका घर र भवनभित्र पनि अत्याधिक वायु प्रदूषण रहेको एउटा नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनले भवनभित्र पाइएको पीएम २.५ भनिने फोक्सोलाई बिगार्ने प्रदूषकको मात्रा नजिकै खुल्ला ठाउँमा रहेका सरकारी वायु प्रदूषण मापन यन्त्रमा भन्दा बढी भएको देखाएको छ ।

तर धेरैजसोले घरभित्र प्रदूषण घटाउन आवश्यक सतर्कता अपनाउनै नचाहेको पाइएको छ ।अध्ययनले धनी र गरिब व्यक्ति दुवै व्यक्तिका घर भित्र वायु प्रदुषण पाइएको उल्लेख गरेको छ ।

धनी परिवारमा वायु प्रदूषण कम गर्ने एअर प्युरिफाएर हुने सम्भावना १३ प्रतिशत बढी भए पनि ती घरमा १० प्रतिशत मात्रै वायु प्रदूषण कम भएको देखिएको अध्ययनले जनाएको छ ।

शिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० मा दिल्लीका विभिन्न आर्थिक र सामाजिक पृष्ठभूमिका हजारौँ घरहरूको अध्ययन गरेको थियो ।

भारतमा वायु प्रदूषणका कारण हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्