Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ वर्षीया किशोरी बलात्कार गर्ने १० जनालाई १३ वर्ष कैद र १ लाख जरिवाना

१८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने १० जनालाई जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना नवलपरासी जिल्ला अदालतले तोकेको छ ।

२ वर्षअघि जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

हिजो (सोमबार)को इजलासले गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरूप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको बताइएको छ ।

घटनामा संलग्न १० मध्ये ९ जना घटना लगत्तै पक्राउ परेका थिए भने एक जना अझै फरार छन् ।जिल्लाको सुस्ता गाउँपालिका-३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामूहिक बलात्कार गरेका थिए ।

घटनामा संलग्न भएर सजाय पाउनेमा सुस्ता गाउँपालिका-३ फेनरहवा र सेखवानी गाउँका हुन् । उनीहरू सबैको उमेर १९ देखि ४० वर्ष छ ।

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्