Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारका अध्यक्ष श्रेष्ठलाई एक हप्ताभित्र राजीनामा दिन स्वतन्त्र कानून व्यवसायीहरुको अल्टिमेटम

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरूले अल्टिमेटम एक हप्ताभित्र पदबाट राजीनामा दिन दिएका छन् ।

उनीहरुले बारकै अध्यक्ष श्रेष्ठको कारण न्यायालय बन्धक बनेको भन्दै अब तत्काल श्रेष्ठले राजीनामा दिनुपर्ने माग अघि सारेका हुन् । उनीहरुले तोकिएको समयावधिभित्र राजीनामा नदिए बारको विरुद्धमा चरणबद्ध रुपमा सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

स्वतन्त्र कानून व्यवसायीहरुले बारका अध्यक्ष श्रेष्ठको मात्रै नभएर उपाध्यक्ष रक्षा वस्याल र महासचिव लिलामणि पौडेलको पनि राजीनामा मागेका छन् ।

बारको पदाधिकारीमा बसेकाहरुले नै निजी र व्यक्तिगत स्वार्थ बोकेर बारको कानून व्यवसायीहरुको छाता संगठनलाई दुरुपयोग गर्नु र यसको बद्नामी गर्नु गलत भएको र यसले कालारन्तरमा न्यायालयको छवि नै ध्वस्त हुने उनीहरुको निश्कर्ष छ ।

स्वतन्त्र कानून व्यवसायीहरुले बारका पदाधिकारीले इजलासमा गएर न्यायाधीशहरूलाई धम्कयाउँदै इजलास नबस्न दबाव दिने, जनतामाथि न्यायालयमाथि अनास्था पैदा गर्ने अनि जनताका मुद्दा नहेर्ने काम गरेको भन्दै अब आफूहरु सहेर नबस्ने चेतावनी दिएका हुन् ।

विज्ञप्ती

प्रकाशित मिति: Dec 5, 2021

प्रतिक्रिया दिनुहोस्