Logo
२४ बैशाख २०८१, सोमबार
(December 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब मानिसहरुले श्रीमान्श्री-मतीलाई नै आमा-छोरी भनेपछि…!

यो संसारमा विवाह सम्वन्धी धेरै किस्सा हुने गर्छन् । यो संसारमा समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्श्री-मतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के होला ।

यस्तै, भएको छ एक समलिंगी जोडीका सवालमा । व्हिटनी र मेगन बेकनको जोडीलाई मानिसहरु आमा–छोरीजस्तै ठान्छन् । विवाहको दिन पनि मानिसहरुले उनीहरुलाई आमा–छोरी ठानेका थिए ।

बेलायतको वर्कशायरस्थित विन्डसरमा बस्ने यो लेस्बियन जोडी सामाजिक सञ्जालमा पनि निकै चर्चित छ । उनीहरुको टिकटकमा ९० हजारभन्दा धेरै फलोअर्स छन् ।

आफुलाई आमा-छोरी भनिदिँदा कस्तो महसुस हुन्छ भन्ने अनुभव समेटेर पनि उनीहरुले भिडियो पोस्ट गर्ने गरेका छन् र यस्ता पोस्टमा अहिलेसम्म १८ लाखभन्दा धेरै लाइक्स आइसकेको छ ।

मिरर युकेको रिपोर्टअनुसार यस दम्पतीले २०१७ मा क्यालिफोर्नियामा विवाह गरेको थियो । मेगनका अनुसार यतिबेला विवाहका लागि कपडा खरिद गर्दा पनि मानिसहरुले उनीहरुलाई आमा-छोरी ठानेका थिए ।

र, वास्तविक बुझेपछि ती मानिसहरुले माफी पनि मागे ।व्हिटनीको उमेर ३३ वर्ष र मेगनको उमेर ३४ वर्ष भयो । मेगन बेकन पति र व्हिटनी पत्नी हुन् । तर, मेगन वास्तविक उमेरभन्दा केही पाको देखिन्छन् । त्यहीकारण मानिसहरुले उनलाई आमा ठान्ने गरेका छन् । यसबारे मेगनले भनेकी छिन्, ‘जब मानिसहरुले हामीलाई आमा-छोरी भन्छन् । तब मलाई निकै दुःख लाग्छ । किनकी, म आफ्नी पत्नीकी आमा बराबरको बुढो देखिन चाहन्न ।’

यद्यपि, टिकटक फलोअर्सले भने उनीहरुलाई चिनिसकेका छन् । उनीहरुले यो सुन्दर जोडीको जमेर तारिफ गर्ने गरेका छन् ।एजेन्सी

प्रकाशित मिति: Dec 5, 2021

प्रतिक्रिया दिनुहोस्