Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिपको ठक्करबाट पैदल यात्रुको मृत्युपछि कञ्चनपुरमा राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरमा जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्युपछि राजमार्ग अवरुद्ध भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ बंक नजिक पूर्व-पश्चिम राजमार्गमा आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जिपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व-पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जिप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पिक सडक बनाइरहेको बताए ।

 

प्रकाशित मिति: Dec 5, 2021

प्रतिक्रिया दिनुहोस्