Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

विपक्षी नेकपा (एमाले) सांसद अनुपस्थित रहेको प्रदेशसभामा उपस्थित २२ सदस्यले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे।मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली काँग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका हुन् ।

प्रकाशित मिति: Dec 1, 2021

प्रतिक्रिया दिनुहोस्