Logo
२२ बैशाख २०८१, शनिबार
(November 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 सबै अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक

 सबै अफ्रिकी मुलुकका नागरिकलाई अको व्यवस्था नभएसम्म नेपालमा प्रवेश गर्न नदिने भएको छ ।

आइतबार गृह मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको हो ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार आइतबार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।

यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले स्पष्ट पारे ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् ।

प्रकाशित मिति: Nov 29, 2021

प्रतिक्रिया दिनुहोस्