Logo
६ जेष्ठ २०८१, आईतबार
(November 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष पदका लागि ओली र रावलबीच निर्वाचन हुने

नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ ।

एमालेको १० औं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए ।

ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताए ।उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरे तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए ।

तर रावलले लामो बहस गर्न चाहेनन् र अध्यक्षको उम्मेदवार हुने बताए । तर ओलीको आग्रह रावले असन्तुष्टि व्यक्त गरेपछि ओलीले उम्मेदवारी दर्ता गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

ओलीले सहमतिका लागि १९ पदाधिकारीको प्रस्ताव राखे र त्यसअनुसार नै उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गरे ।एमालेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार सोमबार बिहान ८ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने समेत उनले जानकारी दिएका छन् ।

 

 

 

 

प्रकाशित मिति: Nov 29, 2021

प्रतिक्रिया दिनुहोस्