Logo
६ जेष्ठ २०८१, आईतबार
(November 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक छ : बाबुराम भट्टराई

जसपा नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको बताएका छन् ।

जसपा रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको कुरा बताएका हुन् ।

भट्टराईले भने, ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’भट्टराईले देशको सम्बृद्धि र जनताको जीवन परिवर्तनका लागि बैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

अहिलेको अवस्थामा केन्द्रिय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउने उनको भनाई थियो ।उनले अहिले अदालतमा देखिएको संकट राजनीतिक दलहरु बीचमा देखिएको खिचातानीको परिणाम भएको बताए ।

कांग्रेस जति पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने बताउँदै भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको बताए ।

सो पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए ।

मंसिर महिनासम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए।

प्रकाशित मिति: Nov 28, 2021

प्रतिक्रिया दिनुहोस्