Logo
१९ बैशाख २०८१, बुधबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराले तोके आजका लागि नौ वटा इजलासमा २८४ मुद्दाको पेशी

प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले आदोलन गरीरहेको बेला आजका लागि सर्वोच्च अदालतमा नौ वटा इजलास ताकिएको छ ।

प्रधानन्यायाधीश चोजबराले बिहीबारका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास तोकेका हुन् ।नौ इजलासमा २८४ वटा मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु दीपककुमार कार्की, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी तथा डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानका लागि पूर्ण इजलास तोकेका हुन् ।

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशकुमार ढुंगाना, हरिकृष्ण कार्की र कुमार चुडाल, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, अनिलकुमार सिन्हा र कुमार रेग्मी तथा प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठका लागि संयुक्त इजलास तोकिएको छ ।

साथै, डा.मनोजकुमार शर्मा र तेजबहादुर केसीका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको हो ।

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्