Logo
६ जेष्ठ २०८१, आईतबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आयो : बाबुराम भट्टराई

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् ।

सोमबार नेपाल बार एशोसिएसनले ज्ञापन पत्र बुझाएपछि उनले न्यायालयको विकृति र विसंगति अन्त्यका लागि नेपाल बारले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पारेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरूले अब ढिलाई गर्न नहुने बताए । उनले राज्यका अंगभित्र भएका समस्या आफै हल गरुन भन्ने आफूहरुको चाहना रहेपनि अव सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताए ।

अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वभाविक भएको पनि बताए ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्