Logo
६ जेष्ठ २०८१, आईतबार
(November 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ जना डिएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस

 नेपाल प्रहरीको बढुवा सिफारिस समितिले ८ जना डिएसपीलाई एसपीमा बढुवा गर्नका लागि सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयको नेपाल प्रहरीको बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले आठ जना उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा डिएसपीहरू जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

प्रकाशित मिति: Nov 19, 2021

प्रतिक्रिया दिनुहोस्