Logo
६ जेष्ठ २०८१, आईतबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले विधि र नियम अनुसार न्यायालयको विवाद समाधान गर्नुपर्दछ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नुपर्ने बताएका छन् ।

बुधबार विराटनगर पुगेका नेता सिंहले बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् ।

सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मुखदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।एक/दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो ।

‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिकामा भईरहेको विवादको मुख दर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ ।’ नेता सिंहको भनाई थियो ।

साथै उनले बर्तमान स्थितिमा अर्लिइलेक्शनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए ।

उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने समेत दोहोर्‍याएका छन् ।वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाई छ ।

 

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्