Logo
६ जेष्ठ २०८१, आईतबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड आज महतोत्तरी जादै, रामगोपालपुर नगरपालिकामा आज र भोलि शैक्षिक संस्था विदा हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज महोत्तरी जादैँ छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा ७ वटा आधारभू्रत स्वास्थ्यचोकी र एक कोभिड हस्पिलको संयुक्त रुपमा उदघाटन तथा जनसभालाई सम्बोधन गर्न उनी आज आउन लागेको मेयर आशोक मण्डलले जानकारी दिए ।

उनका अनुसार १२ बजे प्रचण्ड रामगोपालपुर नगरपालिका आउने छन् । त्यहाँ स्वास्थ्यचोकीहरुको संयुक्त रुपमा उद्घाटन गरेपछि जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पूर्व निर्धारित सो कार्यक्रमहरु गएको शनिबार नै निर्धारण भएपनि अन्त समयमा आएर एकाएक प्रचण्ड बिरामी भएपछि स्थागन गरिएको थियो ।

प्रचण्डको आगमनमा महोत्तरीको रामगोपालपुर नगरपालिकाले आजलाई दिएको सार्वजनिक बिदा सच्याएको छ ।प्रचण्डको स्वागतमा दिएको सार्वजकि बिदाको चर्को आलोचना हुन थालेपछि मेयर अशोक मण्डलले पुनः दोश्रो सूचना निकालेर विदा सच्याएका हुन् ।

अब नगरपालिकाले भाइबहिनीको पर्व समाचकेवाको अवसरमा आज र भोलि दुईदिन शैक्षिक संस्था विदा रहने जनाएको छ ।

 

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्