Logo
६ जेष्ठ २०८१, आईतबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा र उपनिर्वाचन मिलेर लड्ने पाँच दलीय गठबन्धनको निर्णय

राष्ट्रियसभा र प्रदेश तथा संघको उपनिर्वाचनमा मिलेर चुनाव लड्ने पाँच दलीय सत्ता गठबन्धनले निर्णय गरेको छ ।
मंगलबार बसेको गठबन्धन बैठकले सहकार्यलाई थप मजबुत बनाउने निर्णय गरेको हो ।

गठबन्धन दलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै पाँच दलीय गठबन्धन निर्माणसँगै मुलुकको राजनीति लिकमा फर्किएको दाबीसमेत गरिएको छ ।

त्यस्तै, गठबन्धनले बाढी पहिरो तथा अन्य भताभुङ्ग पारिएको राज्य संयन्त्र र भत्क्याइएको राज्य पद्धतिलाई लिकमा ल्याउने महत्वपूर्ण प्रयास भएको बताइएको छ । गठबन्धनका कारण लोकतन्त्र र संविधान सुरक्षित भएको उनीहरुको जिकिर छ ।राष्ट्रियता, लोकतन्त्रको सम्वद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई मूलमन्त्र बनाएर गठबन्धन क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरुको पुनस्र्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाइएको पनि उल्लेख गरेको छ ।

त्यस्तै, कोभिड-१९ को संक्रमण रोकथामलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको र कोरोनाले थलिएको अर्थतन्त्रले गति लिन थालेको दाबी गठबन्धनले गरेको छ ।

गजारी विज्ञप्तिमा प्रधानमन्त्री त्तहा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

त्यस्तै मंगलबारनै बसेको ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्