Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाममा दुई समुदायबीचको विवाद समाधान गर्न सात बुँदे सहमति, निषेधाज्ञा हटाउने तयारी

प्रदेश नं २ स्थित धनुषा स्थित जनकपुरधामको देवपुरा रुपैठामा भएको विवाद समाधान गर्नका लागि सात बुँदे सहमति भएको छ ।

जनकपुरधामको देवपुरा रुपैठामा दुई समुदाय बीच भएको झडप साम्य गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषामा दुई पक्षबीच सात बुँदे सहमति भएको हो ।

विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा मंगलबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।प्रमुख जिल्ला अधिकारीले दुई समुदाय बीच सहमति भएसँगै निषेधाज्ञा हटाउने तयारी भइरहेको बताए ।

छठ पर्वमा तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदाय बीच भएको विवादले उग्ररुप लिँदा झडप भएको थियो । झडप अनियन्त्रित भएपछि स्थानीय प्रशासनले जनकपुरधामको रुपैठामा निषेधाज्ञा लगाएको छ ।

स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग व्यापक छलफलपछि आज (सोमबार) सात बुँदे सहमति भएको हो । सहमति भएसँगै रुपैठाको अवस्था अहिले साम्य भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार तेलिया पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, सो पोखरीको सम्पूर्ण व्यवस्थापन पालिकाले नै रेखदेख तथा संरक्षण गर्ने, धार्मिक सद्भाव कायम राख्ने, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख रिता मिश्रको संयोजकत्वमा सहमति कार्यान्वयनका लागि दुई पक्षबाट चार/चार सदस्य रहने गरी समिति गठन गरिएको छ ।

छठ पर्व समापनसँगै शुक्रबार एक पक्षले प्रदर्शन गरेपछि रुपैठामा दुई समुदाय बीच झडप भएको थियो । सो झडपमा परी दुई प्रहरीसहित ६ जना घाइते भएका थिए ।

 

प्रकाशित मिति: Nov 15, 2021

प्रतिक्रिया दिनुहोस्