Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरुमा भेटियो प्राचीन समयको सामूहिक चिहान !

पेरुको च्यान च्यान सहरमा पुरातत्वविद्हरुले  प्राचीन समयको सामूहिक चिहान फेला पारेका छन्। उनीहरुले प्राचीन चिमु साम्राज्यको राजधानी च्यान च्यानमा सामूहिक चिहान फेला पारेका हुन्।

चिमुले १५ औं शताब्दीमा च्यान च्यान सहरमा शासन चलाएको थियो। चिमुहरुलाई इनकासले हराएको थियो। सोही समयमा गाडिएको सामूहिक चिहान भेटिएको पुरातत्वविद्हरुले बताएका छन्।

ती सामूहिक चिहान चिमुहरुको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन्। सो समयमा चिमुहरुले कलिला बालबालिका र युवापुस्ताको मानव बलि चढाउने हुँदा उनीहरुको हुन सक्ने अनुमान गरेका छन्।

पुरातत्वविद् सिन्थया क्वेभाले रोयटर्ससँग बताएअनुसार सामूहिक चिहानमा मानिसका कंकालहरु मात्र फेला परेका छन्। अधिकांश कंकालहरु ३० वर्षभन्दा कम उमेरका महिलाका छन्।

सो चिहानमा ५० भन्दा बढी मानिस गाडिएको अनुमान उनीहरुले गरेका छन्।

 

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्